कांग्रेस नेता केशव बुढाथोकीको निधन

पछिल्लो समय नेपाली कांग्रेसमा रहँदै आएका झापाका पुराना नेता केशव कुमार बुढाथोकीको सोमबार राति निधन भएको छ ।

कांग्रेस नेता केशव बुढाथोकीको निधन
काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसमा रहँदै आएका झापाका पुराना नेता केशव कुमार बुढाथोकीको सोमबार राति निधन भएको छ । सोमबार राति साढे ११ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाकारी दिएको छ । मृगौला सम्बन्धि बिरामी रहेका उनको विराटनगरस्थित विराट नर्सिङमा उपचारका क्रममा निधन भएको हो । परिवारका अनुसार उनको पार्थिव शरीरलाई मंगलबार झापास्थित कन्काईधाममा अन्यष्टी गरिने छ । पञ्चायत कालदेखि नै राजनीतिमा संक्रिय बुढाथोकीको जीवन र संघर्षमा आधारित पुस्तक ‘आफ्नो(आफ्नो सगरमाथा’ प्रकाशित छ ।