संघीय संसद्को हिउँदे अधिवेशन सुरु

संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ।

संघीय संसद्को हिउँदे अधिवेशन सुरु
काठमाडौं । संघीय संसद्को हिउँदे अधिवेशन आज (सोमबार)देखि सुरु भएको छ। मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को हिउँदे अधिवेशन आह्वान गरेका थिए। अधिवेशन आह्वान गरिएअनुसार संघीय संसद्‌का दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय) सभाको बैठक बसिरहेको छ। सोमबारको बैठकमा अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउने लगायतका कार्यसूची रहेका छन्।