डडेल्धुरामा आगो ताप्ने क्रममा निसास्सिएर सासु बुहारीको मृत्यु

डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको ज्यान गएको छ ।

डडेल्धुरामा आगो ताप्ने क्रममा निसास्सिएर सासु बुहारीको मृत्यु
डोटी । डडेल्धुरामा आगो ताप्ने क्रममा दुई जनाको ज्यान गएको छ । जिल्लाको अमरगढी नगरपालिका-१ मालम बस्ने ६० वर्षीया धौलीदेवी दियाल र २६ वर्षीय पुनम दियालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले जानकारी दिए । नायकका अनुसार राति कोठामा कोइला बालेर आगो ताप्ने क्रममा निसासिएर उनीहरूको मृत्यु भएको हो । बेहोस अवस्थामा फेला परेका दुवैलाई अस्पताल लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी एवं प्रहरी निरीक्षक नायकले जानकारी दिए । मृतक दुवै नातामा सासु बुहारी हुन् ।