काठमाडौं । किशोरीको फेक आइडी बनाएर चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमडौंबाट ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको छ।
किशोरीको नाम र तस्बिर राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो।
फेक आइडी बनाई म्यासेन्जरबाट विभिन्न व्यक्तिलाई अश्लिल म्यासेज पठाई मानसिक तनाव दिई चरित्र हत्या गरेको जाहेरीका आधारमा अनुसन्धानका क्रममा ब्युरोले काठमाडौंको कीर्तिपुर नगरपालिका–१० मानाटोल स्थायी घर भएका ३७ वर्षीय राजकुमार महर्जनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
उनलाई विद्युतीय कारोबार ऐन, २०६३ बमोजिम कसुरमा काठमाडौं महानगरपालिका–२७ भोटाहिटी चोकबाट यही माघ १८ गते पक्राउ गरिएको ब्युरोले जनाएको छ। उनलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन म्याद थप गरी प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।
किशोरीको फेक आइडी बनाएर चरित्र हत्या गर्ने ३७ वर्षीय पुरुष पक्राउ
किशोरीको नाम र तस्बिर राखी नक्कली फेसबुक अकाउन्ट बनाई चरित्र हत्या गरेको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले ३७ वर्षीय पुरुषलाई पक्राउ गरेको हो।

