पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विवाह गैरकानूनी ठहर

पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको सात वर्ष लामो वैवाहिक सम्बन्धलाई खारेज गरेको छ ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विवाह गैरकानूनी ठहर
स्लामावाद । पाकिस्तानको एक अदालतले पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमतीको सात वर्ष लामो वैवाहिक सम्बन्धलाई खारेज गरेको छ । अदालतको हालैको फैसलाले इमरान खान र बुशरा बीबीको सन् २०१८ मा भएको विवाह गैर इस्लामिक र गैरकानूनी भएको बताएको छ । यस मुद्दामा दुवैलाई सात वर्षको जेल सजाय सुनाइएको छ । बुशरा बीबीका पूर्व पतिले इमरान खानविरुद्ध मुद्दा दायर गरेका थिए । उनले इमरानसँगको विवाह जालझेलबाट भएको बताएका थिए। इस्लामिक कानून अनुसार महिलालाई पतिको मृत्यु वा सम्बन्धविच्छेद भएको केही महिना विवाह गर्न निषेध गरिएको छ। अदालतले बुशरा बीबी र इमरान खानको विवाह यो अवधि समाप्त हुनुअघि नै भएको ठहर गरेको छ । इमरान खान यसअघि नै भ्रष्टाचारको मुद्दामा जेल सजाय काटिरहेका छन् । पाकिस्तानमा फेब्रुअरी ८ मा निर्वाचन हुँदैछ। क्रिकेटरबाट राजनीतिज्ञ बनेका पाकिस्तान तेहरिक–ए–इन्साफ ९पीटीआई० का नेता इमरान खान जेलमा छन् । खानले आफूमाथि लगाइएको आरोपलाई ुराजनीतिक प्रतिशोधु र ुषड्यन्त्रु भनेका छन्। २०१८ मा, उनका आलोचकहरूले उनलाई ुसेनाको मुखौटाु भनेका थिए र अहिले जब उनी जेलमा छन्, उनका समर्थकहरूले पूर्व प्रधानमन्त्री जेलमा हुनुको मुख्य कारण सेना भएको आरोप लगाए।