कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक (सूचीसहित)

सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको विषयगत समितिहरूमा पार्टीका तर्फबाट संयोजक तोकेको छ ।

कांग्रेसले तोक्यो १० विषयगत समितिको संयोजक (सूचीसहित)
काठमाडौं । सत्ता साझेदार दल नेपाली कांग्रेसले प्रतिनिधि सभाको विषयगत समितिहरूमा पार्टीका तर्फबाट संयोजक तोकेको छ । शुक्रबार बसेको संसदीय दलको बैठकले समावेशी तवरले संसद्‌को विषयगत समितिहरूमा एकरएक संयोजक तोकेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए । “संसद्‌भित्र जति विषयगत तथा संयुक्त समितिहरू हुन्छन्, त्यति नै सङ्ख्यामा कांग्रेसभित्र पनि समितिहरू हुने हाम्रो संसदीय दलको विधानमा उल्लेख छ । त्यसअनुरूप नै हामीले संयोजक तोकेका छौँ,” उनले भने । उनले संयोजकको जिम्मेवारी समावेशी हिसाबले प्रदान गरिएको बताए । ४० प्रतिशत महिला रहेको पनि उनले बताए । “त्यसबाहेक हामीले मधेसी, आदिवास जनजाति सबै क्लस्टरवाइज गरेका छौँ,” उनले भने । यी हुन् संयोजक : १. अर्थ समिति, संयोजक : रामनाथ अधिकारी २. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, संयोजक : डा. नारायण खड्का ३. उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, संयोजक : रमा कोइराला पौडेल ४. कानून, न्याय तथा मानवअधिकार समिति, संयोजक : नागिना यादव ५. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, संयोजक : कुसुमदेवी थापा ६. महिला तथा सामाजिक मामिला समिति, संयोजक : आशा विक ७. राज्य व्यवस्था तथा सुशासन समिति, संयोजक : दिलेन्द्रप्रसाद बडू ८. पूर्वाधार विकास समिति, संयोजक : दिनेशकुमार यादव ९. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, संयोजक : लीलादेवी बोखिम लिम्बू र, १०. सार्वजनिक लेखा समिति, संयोजक : श्यामकुमार घिमिरे