प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीबीच भेटवार्ता भएको छ।

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्म ओलीबीच भेटवार्ता भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा भेटवार्ता भएको हो। भेटमा आगामी सोमबारदेखि सुरू हुने हिउँदे अधिवेशन, टीआरसी विधेयक र समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही माघ २२ गते अपरान्ह ४ बजे संसदको हिउँदे अधिवेशन आह्वान गरेका छन्। हिउँदे अधिवेशनमा टीआरसी विधेयकसहित केही विधेयकहरू संसदमा पेश गर्ने सरकारको तयारी छ।