पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिलको कार्यालय लगियो

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ ।

पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिलको कार्यालय लगियो
काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरीलाई सरकारी वकिल कार्यालय काठमाडौंमा लगिएको छ । उनलाई बयानका लागि जिल्ला सरकारी वकिलको कार्यालय, रामशाहपथ लगिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी०ले बिहीबार विहान मात्र अरुणलाई पक्राउ गरेको थियो ।