गोलभेँडाको भाउ घट्यो

प्याजको भाउ आज पनि किलोमा ५ रूपैयाँ सस्तिएको छ। नेपाली बजारमा पाइने भारतीय सुकेको प्याजको भाउ आज ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ।

गोलभेँडाको भाउ घट्यो
काठमाडौं । आज अधिकांश तरकारीको भाउको मूल्य घटबढ भएको छ । कालीमाटी बजारमा आज गोलभेँडा किलोमा १० रूपैयाँ सस्तिएको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूची अनुसार आज नेपाली ठूलो गोलभेँडाको भाउ ५० देखि ६० रूपैयाँ प्रतिकिलो छ। हिजो यसको भाउ ६० देखि ७० रूपैयाँ प्रतिकिलो थियो। भारतीय ठूलो गोलभेँडा हिजो ७० देखि ८० रूपैयाँ प्रतिकिलोमा कारोबार भएकामा आज ६० देखि ७० रूपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ। सानो लोकल गोलभेँडा पनि किलोमा १० रूपैयाँ घटेको छ। आज यसको मूल्य २० देखि ३० रूपैयाँ प्रतिकिलो छ। प्याजको भाउ आज पनि किलोमा ५ रूपैयाँ सस्तिएको छ। नेपाली बजारमा पाइने भारतीय सुकेको प्याजको भाउ आज ६० देखि ७० रूपैयाँ प्रतिकिलो छ। बन्दाको भाउ भने किलोमै २० रूपैयाँ बढेको छ। हिजो ३० देखि ४० रूपैयाँमा कारोबार भएको लोकल बन्दाको भाउ आज ५० देखि ६० रूपैयाँ तोकिएको छ। काउलीको भाउ पनि आज १० रूपैयाँ बढेको छ। हिजो ४० देखि ५० रुपैयाँमा कारोबार भएको लोकल काउलीको भाउ आज ५० देखि ६० रूपैयाँ तोकिएको छ। मटरकोशाको भाउ किलोमा १० रूपैयाँ घटेको छ। हिजो १०० देखि १२० रुपैयाँ प्रतिकिलोमा कारोबार भएको मटरकोशाको भाउ आज ९० देखि १०० रूपैयाँ छ। आलु, मूला, भन्टा, लौका, फर्सी, भिण्डी, बकुला लगायतका तरकारीको भाउ आज पनि स्थिर छ।