ताप्लेजुङ पुगेका पूर्वमन्त्री नेम्वाङ अस्वस्थ, उपचारका लागि काठमाडौं ल्याइँदै

ताप्लेजुङ जिल्ला ईन्चार्जसमेत रहेका नेम्वाङ अचानक बिरामी भएपछि अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। नेम्वाङलाई थप उपचारका लागि बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।

ताप्लेजुङ पुगेका पूर्वमन्त्री नेम्वाङ अस्वस्थ, उपचारका लागि काठमाडौं ल्याइँदै
काठमाडौं । पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ नेकपा एमाले ताप्लेजुङ जिल्ला कमिटीको बैठकमा पुगेका बेला अस्वस्थ भएका छन्। एमाले केन्द्रीय सदस्यसमेत रहेका उनी एमाले ताप्लेजुङको सचिवालय बैठकमा सहभागी हुन पुगेका बेला बिरामी परेका हुन्। ताप्लेजुङ जिल्ला ईन्चार्जसमेत रहेका नेम्वाङ अचानक बिरामी भएपछि अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। नेम्वाङलाई थप उपचारका लागि बुधबार नै काठमाडौं ल्याउने तयारी भइरहेको उनको सचिवालयले जनाएको छ।