यू-१९ विश्वकपस् बंगलादेशसँग भिड्दै नेपाल

दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेश सँग प्रतिस्पर्धा गर्दैछ। दिउँसो १:४५ मा सुरु हुने खेलमा नेपालका लागि औपचारिक्ता मात्र बाँकी रहँदा बंगलादेश भने सेमिफाइनलको झिनो अपेक्षा सहित मैदान उत्रिँदै छ।

यू-१९ विश्वकपस् बंगलादेशसँग भिड्दै नेपाल
दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेटमा नेपालले आज सुपर सिक्सको आफ्नो पहिलो खेलमा बंगलादेश सँग प्रतिस्पर्धा गर्दैछ। दिउँसो १:४५ मा सुरु हुने खेलमा नेपालका लागि औपचारिक्ता मात्र बाँकी रहँदा बंगलादेश भने सेमिफाइनलको झिनो अपेक्षा सहित मैदान उत्रिँदै छ। मंगलबार भएको खेलमा भारत र पाकिस्तानको जितसँगै बाँकी टिमको सम्भावना लगभग सकिएको हो। यद्यपि टेस्ट टोलीविरुद्ध नेपाल आफ्नो आत्माविश्वासी प्रदर्शन कायम राख्दै गतिलो छाप छोड्ने प्रयासमा मैदानमा उत्रिने छ। समूह-१ मा नेपालसहित न्युजिल्यान्ड र आयरल्यान्डको सेमिफाइन पुग्ने सम्भावना सकिँदा बंगलादेशको झिनो सम्भावना नेपालको खेलमा निर्भर रहने छ। नेपालविरुद्ध बंगलादेश फराकिलो जित चाहन्छ। तर नेपालले बंगलादेशको अपेक्षालाई निस्तेज पार्दिन सक्ने छ। नेपाल सुपर सिक्समा अङ्कविहीन रुपमा रहँदा बंगलादेश समूहचरणबाट २ अङ्क सहित सुपर सिक्समा पुगेको छ। अब अन्तिम खेलमा बंगलादेशले पाकिस्तानसँग भिड्ने भएकाले नेपाल र पाकिस्तानलाई हराए। उसको पनि समान ६ अङ्क हुने छ। यस्तोमा नेट रनरेट महत्त्वपूर्ण हुनेछ। सुपर सिक्समा पुग्नु अघि नेपाल समूह ‘डी’ को पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रन र पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो। अफगानिस्तानलाई भने १ विकेटले हराउँदै सुपर सिक्समा पुग्न सफल रह्यो। बंगलादेश भारतसँग ८४ रनले पराजित हुँदा आयरल्यान्डलाई ६ विकेट र अमेरिकालाई १२१ रनले हराउँदै सुपर सिक्समा पुगेको थियो। नेपाल र बंगलादेशबीच यू-१९ विश्वकपमा हालसम्म दुई खेल खेलेको छ। नेपालले २००२ को विश्वकपमा बंगलादेशलाई २३ रनले हराएको थियो। २०१६ को यू १९ विश्वकप क्वाटरफाइनल भने नेपाल ६ विकेटले पराजित हुँदै बाहिरिएको थियो। यो पटक नेपाललाई दोस्रो पटक बंगलादेशलाई हराउने अवसर रहेको छ।