महिलाको चरित्र हत्या गरेको आरोपमा यूट्यूबर मनोज मानव पक्राउ

युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेका छन् ।

महिलाको चरित्र हत्या गरेको आरोपमा यूट्यूबर मनोज मानव पक्राउ
काठमाडौं । युट्यूबर मनोज मानव भनेर चिनिने मनोज कुमार महतो विद्युतीय अपराध ऐन विपरीतको कसूर गरेको आरोपमा पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई मंगलबार पक्राउ गरेको एसपी पशुपति रायले बताए । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि पक्राउ गरिएको रायले बताए । महतो यसअघि पनि साइबर अपराधको कसूरमा पक्राउ परेर धरौटीमा छुटेका थिए ।