अरूको नागरिकता प्रयोग गरी बैंक खाता खोलेको आरोपमा एक जना पक्राउ

अर्काको नागरिकता दुरूपयोग गरेको आरोपमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

अरूको नागरिकता प्रयोग गरी बैंक खाता खोलेको आरोपमा एक जना पक्राउ
काठमाडौं । अर्काको नागरिकता दुरूपयोग गरेको आरोपमा काठमाडौंबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कागेश्वरी मनोहरा नगरपालिका-२ घर भई काठमाडौं महानगरपालिका-२० बस्ने ४० वर्षीया सरस्वती खड्कालाई जिल्ला प्रहरी परिसरको टोलीले पक्राउ हो। खड्काले बैंक खाता खोल्न अरुको नागरिकता प्रयोग गरेकी थिइन्। उनले अर्कैकै नागरिकता प्रयोग गरेर केवाइसी विवरणमा भने आफ्नो फोटो टाँसेको प्रहरीले जनाएको छ। उनीमाथि बैंकिङ कसुर सजाय ऐन, २०६४ बमोजिम आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।