गलकोट । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्षसमेत रहेका बागलुङका युवा दुर्गा थापाले पत्नी र छोराको जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन्।
गलकोट नगरपालिका ७ घर भई हाल जापानमा कर्म गर्दै आएका समाजसेवी थापाले श्रीमती सकुन केसी थापा र छोरा बिनम्र थापाको जन्मदिनको अवसरमा गलकोट नगरपालिका वडा नं ९ बाँसखोला, चित्रेथुम निवासी पुतली विश्वकर्माको परिवारलाई ८५ हजारको खाद्यान्न र नगद रु ५ हजार सहयोग गरेका हुन्।
विश्वकर्माको परिवारलाई एक कार्यक्रमकाबीच सहयोगी दुर्गा थापा र गलकोट नगरपालिका वडा नं ९ का वडाध्यक्ष तेज बहादुर थापाले संयुक्त रुपमा नगद र खाद्यान्न हस्तान्तरण गरे।
विश्वकर्माको परिवारमा शारीरिक रुपमा अशक्त बालबच्चा र पाका उमेरका गरि १० जना छन्।
आर्थिक अवस्था निकै कमजोर रहेका विश्वकर्मा परिवारको जग्गा जमिन पनि पर्याप्त छैन। उनीहरुले दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्दै आएका वडाध्यक्ष थापाले बताए।
जन्मदिनमा विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग
आर्थिक अवस्था निकै कमजोर रहेका विश्वकर्मा परिवारको जग्गा जमिन पनि पर्याप्त छैन। उनीहरुले दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्दै आएका वडाध्यक्ष थापाले बताए।