एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?

एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

एसियन लाइफ इन्स्योरेन्सले घोषणा गर्‍यो लाभांश, बोनस सेयर कति ?
काठमाडौं । एसियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९–८० को नाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ७.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४०७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरूले पाउनेछन्। हाल कम्पनीको चुक्तापुँजी ३ अर्ब १५ करोड ५३ लाख ५१७ रूपैयाँ रहेको छ। सोही पुँजीको आधारमा कम्पनीले लाभांश दिन लागेको हो। कम्पनीले गत वर्ष भने ८.५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद लाभांश दिएको थियो।