खगराज भट्टलाई सुदुरपश्चिम संसदीय दलको नेताबाट नहटाउन माओवादीको निर्देशन

शुक्रबार प्रदेश संसदीय दलको बहुमतले खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानमा त्यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको थियो।

खगराज भट्टलाई सुदुरपश्चिम संसदीय दलको नेताबाट नहटाउन माओवादीको निर्देशन
काठमाडौं । नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ। शनिबार बसेको प्रदेश कमिटीको पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय प्रदेशका हजारौं कार्यकर्ताको मनोभावना विपरीत रहेको निष्कर्ष निकाल्दै निर्णय सच्याउन निर्देशन दिएको हो। शुक्रबार प्रदेश संसदीय दलको बहुमतले खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानमा त्यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको थियो। उक्त निर्णयप्रति प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको र निर्णय पार्टीको विधिविपरीत भएको निष्कर्ष शनिबारको बैठकले निकालेको हो। ‘हाम्रो पार्टी परम्परा विधि विपरीत केन्द्रिय कार्यालयको निर्देशनको समेत अवज्ञा गरि गरिएको निर्णयले पार्टीमा अराजकता र स्वइच्छाचारीता ने संस्थागत मान्यता पाउने खतरा हुने भएकोले संसदीय दलको यो निर्णय पार्टीका हजारों कार्यकताको मनोभावना विपरितको भएकोले अविलम्ब सच्याउन संसदीय दललाई निर्देशन दिने निर्णय गरियो,’ निर्णयमा भनिएको छ।