स्वर्णिम वाग्ले बने रास्वपाका कार्यवाहक सभापति

सभापति रवि लामिछाने र अर्का उपसभापति डोलप्रसाद अर्यालसमेत भारत जाने भएपछि उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मवारी दिइएको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

स्वर्णिम वाग्ले बने रास्वपाका कार्यवाहक सभापति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यवाहक सभापतिको जिम्मेवारी स्वर्णिम वाग्लेलाई दिइएको छ । सभापति रवि लामिछाने र अर्का उपसभापति डोलप्रसाद अर्यालसमेत भारत जाने भएपछि उपसभापति वाग्लेलाई कार्यवाहक सभापतिको जिम्मवारी दिइएको रास्वपा महामन्त्री मुकुल ढकालले जानकारी दिए । ढकालकाअनुसार लामिछानेसहितको टोली भारतमा रहेका प्रवासी नेपालीहरूसँग अन्तरक्रिया गर्न आज त्यसतर्फ जाँदैछ । सभापति लामिछानेसहितको टोली आइतबार नेपाल फर्किने ढकालले बताए । यसअघि सभापति लामिछानेको अनुपस्थितमा कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति अर्याललाई दिने गरिएको थियो । लामिछानेको नेपाली नागरिकता विवादमा सर्वोच्च अदालतले पार्टी सभापति र सांसद पदसमेत खारेज गरिदिएपछि अर्याललाई कार्यवाहक सभापति बनाइएको थियो । तर, यसपटक अर्यालसमेत सभापतिसँगै भारत गएपछि वाग्लेलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो ।