काठमाडौं उपत्यकाको तापक्रममा नयाँ रेकर्ड

मौसम पूर्वानुमान महाशाखाका अनुसार अघि बिहान ८ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो।

काठमाडौं उपत्यकाको तापक्रममा नयाँ रेकर्ड
काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम यो वर्षकै कम मापन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अघि बिहान ८ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियसमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो। यसअघि आजै बिहान ५ः४५ बजे मापन गर्दा काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २.९ डिग्री सेल्सियस थियो। अहिले त्यसभन्दा पनि तल झरेको हो। मौसमविद् गंगा नगरकोटीका अनुसार यो तापक्रम उपत्यकाका लागि यो वर्षको अहिलेसम्मकै कम हो। यसअघि यो वर्षअन्तर्गत काठमाडौं उपत्यकाको सबैभन्दा कम तापक्रम शुक्रबार ३ डिग्री सेल्सियस थियो। आज त्यसभन्दा पनि मुनि गएको हो । केही दिनयता देशैभर चिसो बढेको मौसमविद्ले बताएका छन्। मौसमविद् नगरकोटीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १६ देखि १८ डिग्री सेल्सियसबीच रहने अनुमान छ। हिजो शुक्रबार उपत्यकाको अधिकतम तापक्रम १७.५ डिग्री सेल्सियस थियो। २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ।