बानेश्वरमा गुडिरहेको यात्रुबाहक बस सडकमै भासिएपछि ...

नयाँबानेश्वर चोक नजिक सडक भासिएर यात्रुबाहक बस फसेको छ । बसको पछाडिको चक्का सडकमा भासिएको हो ।

बानेश्वरमा गुडिरहेको यात्रुबाहक बस सडकमै भासिएपछि ...
काठमाडौं। नयाँबानेश्वर चोक नजिक सडक भासिएर यात्रुबाहक बस फसेको छ । बसको पछाडिको चक्का सडकमा भासिएको हो । चक्का फसेर बस नै कोल्टे परेको छ । बानेश्वर चोकबाट माईतीघरतर्फको सडकमा भक्तपुरतर्फबाट आउँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस गुडिरहेको बेला भासिएको हो । बस फसेर कोल्टिनेबित्तिकै बसमा सवार सम्पूर्ण यात्रु र चालक सकुशल निस्किन सफल भएका छन् । ट्राफिक प्रहरीले बसलाई त्यहाँबाट निकाल्न खोजे पनि उनीहरू सफल भएको छैन । थप दुर्घटना नहोस् भनी ट्राफिक प्रहरीले उक्त बस फसेको क्षेत्रलाई सडकबारले छेकेको छ । २ वर्षअघि पनि सिभिल अस्पताल अगाडिको सडक भासिएर ठूलो भ्वाङ परेको थियो ।