कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
काठमाडौं । राष्ट्रिय सभा सदस्य पदमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धन दलका उम्मेदवार विजय भएका छन् । सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र नेकपा माओवादी केन्द्रका विष्णु विक विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रोकायले तीन हजार ८७० मतभार प्राप्त गरे । उनले ३० प्रदेश सभा सदस्य बराबर एक हजार ५९० मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका डिल्ली प्रसाद भट्टराईले एक हजार २१४ मतभार लिए । महिलातर्फ विजयी भएकी मल्लले तीन हजार ७१९ मतभार प्राप्त गरिन् । उनले २९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र ११५ स्थानीय तह मतदाता बराबर दुई हजार १८५ मतभार प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका विमला शाहीले एक हजार ३६२ मतभार लिइन् । यस्तै, दलिततर्फ विजय भएका विष्णु विकले तीन हजार ८१७ मतभार प्राप्त गरे । उनले ३९ प्रदेश सभा सदस्य बराबर एक हजार ५३७ मतभार र १२० स्थानीय तह मतदाता बराबर दुई हजार २८० मतभार प्राप्त गरे । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिक्मत विकले एक हजार ३६७ मतभार लिए । निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको थियो । निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा तर्फका ४० सदस्यले मतदान गरेका थिए ।