राष्ट्रियसभा निर्वाचन : गण्डकीमा फरार मेयर देवकुमार नेपालीबाहेक सबैले गरे मतदान

राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबै मतदाताले मतदान गरेका छन् ।

राष्ट्रियसभा निर्वाचन : गण्डकीमा फरार मेयर देवकुमार नेपालीबाहेक सबैले गरे मतदान
पोखरा । राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशमा बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीबाहेक सबै मतदाताले मतदान गरेका छन् । मेयर नेपाली बागलुङ पोखराको इमेज सहकारी ठगी प्रकरणमा उजुरी परेपछि ५ जेठदेखि फरार छन् । निर्वाचन कार्यालय गण्डकीका अनुसार नेपालीबाहेक बाँकी २२९ जनाले मतदान गरेका छन् । गण्डकीमा स्थानीय तहबाट १ महानगरपालिका, २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ७० जना मतदाता छन् । त्यस्तै प्रदेशसभाका ६० सदस्य गरी २३० जना मतदाता छन् ।