हर्क साम्पाङ राईले पनि बहिस्कार गरे राष्ट्रियसभा निर्वाचन

धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् ।

हर्क साम्पाङ राईले पनि बहिस्कार गरे राष्ट्रियसभा निर्वाचन
काठमाडौं । धरान उपमहागरपालिका प्रमुख हर्क साम्पाङ राईले पनि राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान बहिस्कार गरेका छन् । साम्पाङले कार्यव्यस्तता देखाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान बहिस्कार गरेका हुन् । म व्यस्त छु । श्रमदानमा व्यस्त मान्छेले भोट हाल्न भ्याउदिनँ, उनले भने । राष्ट्रियसभा निर्वाचनअन्तरगत कोशी प्रदेशको राजधानी विराटनगरमा मतदान भइरहेको छ । यसअघि काठमाडौं महानगरपालिकामा मेयर बालेन्द्र शाहले पनि राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान बहिष्कार गरेका छन् । हेटौंडामा भइरहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि मेयर बालेन शाह नजाने उनको सचिवालयले जानकारी दिएको छ ।