काठमाडौं । तपस्वी रामबहादुर बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतमा बाल यौन शोषणको मुद्दा हालेकी किशोरीको बुवा सवारी दुर्घटनामा मृत्यु भएको छ ।
सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार एक मोटरसाइकलले ती किशोरीको बुवा सवार मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो। दुर्घटनामा परी गभ्मीर घाइते किशोरीको बुवाको उपचारका क्रममा सिन्धुली जिल्ला अस्पतालमा मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवालले जानकारी दिए ।
यसैबीच आफन्तले उनलाई षड्यन्त्र गरेर मारिएको हुन सक्ने आशंका गरेका छन्। ती किशोरीका बुवाले केही दिनअघि मात्रै आफ्नी छोरीलाई भएको यौन शोषणबारे अन्तर्वार्ता दिएका थिए। बाराको रतनपुरीस्थित जंगलको आश्रममा बस्दा ती किशोरीलाई बाल यौन शोषण गरेको अभियोगमा बम्जन हाल महोत्तरी जिल्ला कारागारको हिरासतमा छन्।
दुर्घटनामा रामबहादुर बम्जनविरुद्ध यौन शोषणको मुद्दा हालेकी किशोरीको बुबाको मृत्यु
सिन्धुली प्रहरीका अनुसार जिल्लाको भिमानमा मंगलबार एक मोटरसाइकलले ती किशोरीको बुवा सवार मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

