८० किलो गाँजासहित २ जना पक्राउ​​

८० किलो गाँजासहित ‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरीबाट २ जना पक्राउ परेका छन् ।

८० किलो गाँजासहित २ जना पक्राउ​​
काठमाडौं । ८० किलो गाँजासहित ‍‍‍‍‍‍‍‍‍‍‍‍‍सुनसरीबाट २ जना पक्राउ​​ परेका छन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका ११ बस्ने २९ वर्षीय कुमार तामाङ र ३० वर्षीय रामबहादुर राई छन् । उनीहरूलाई सुनसरीको देवानगन्ज गाउँपालिका ( ६ नहरचोकबाट करिब ८० किलो गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी चौकी रासीबाट खटिएको प्रहरीले भारततर्फ जाँदै गरेको को १ ह ५०९९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त परिमाणको गाँजा बरामद गरेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।