न्युरोडमा पार्किङ निषेध गरेपछि व्यवसायीले बन्द गरे पसल

न्युरोडको कालोपत्रे सडकमा पार्किङ बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका छन् ।

न्युरोडमा पार्किङ निषेध गरेपछि व्यवसायीले बन्द गरे पसल
काठमाडौं । न्युरोडको कालोपत्रे सडकमा पार्किङ बन्द गराएपछि व्यवसायीहरु विरोधमा उत्रिएका छन् । काठमाडौं महानगरले आज बिहान देखि सवारी साधन पार्किङ निषेध गरेको हो । पार्किङ गर्न नदिएपछि ग्राहक नआउने भन्दै त्यहाँका व्यवसायीहरु सटर बन्द गरेर विरोधमा उत्रिएका छन् ।