काठमाडौं । काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सबै सेवा आज बन्द रहने भएको छ।
महानगरको प्रशासन विभागले सूचना निकालेर आज बिहीबार कार्यालयको कामकाज बन्द हुने जानकारी दिएको हो ।
महानगरले आज २८औं महानगर दिवस विशेष रूपमा मनाउँदैछ। सोही अवसरमा महानगर मातहतका कार्यलयहरु बन्द गरिएको हो ।
‘काठमाडौं महानगर, मातहतका सबै विभागरआयोजनारकार्यक्रमरवडा कार्यालयहरू र एकाइहरूबाट प्रवाह हुने सेवा बन्द हुने हुँदा जानकारीका लागि अनुरोध छ,’ महानगरको सूचनामा उल्लेख छ।
आज काठमाडौं महानगरका सबै सेवा बन्द
काठमाडौं महानगरपालिका केन्द्रीय कार्यालयदेखि वडा कार्यालयसम्मका सबै सेवा आज बन्द रहने भएको छ।

