काठमाडौं । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषकी नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनको नियुक्ति रोकिदिएको छ।
गएको पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।
आइतबार उच्च अदालत पाटनका न्यायाधीश ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको संयुक्त इजलासले पुनको नियुक्ति कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।
आदेशमा कोषको निर्णय कार्यान्वयन नगर्न भनिएको छ। पुनको नियुक्तिमा आवश्यक मापदण्ड नपुगेको कारण तत्कालको लागि नियुक्ति रोकिएको पशुपति क्षेत्र विकास कोषका पूर्व कार्यकारी निर्देशक घनश्याम खतिवडाले बताए।
पुस ४ मा बसेको परिषद् बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तावमा पुनलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।
लक्ष्मी पुनको नियुक्तिमा मापदण्ड नपुगेको अदालतको ठहर, निर्णय कार्यान्वयन नगर्न आदेश
गएको पुस ४ गते कार्यकारी निर्देशकमा नियुक्त भएकी पत्रकार महासंघकी पूर्व सचिवसमेत रहेकी पुनविरुद्ध पुस २९ गते कोषकै भरत मरासिनीले रिट दायर गरेका थिए।

