लोक सेवा आयोगले माग्यो १११३ जना कर्मचारी (सूचनासहित)

त्यसैगरी अल्पसंख्यक समुदायबाट पदपूर्ति गने गरी छुट्याइएका पदहरुको विज्ञापनको फाराम भने अल्पसंख्यक समुदाय तोकिएपछि खुलाइने पनि आयोगले जनाएको छ ।

लोक सेवा आयोगले माग्यो १११३ जना कर्मचारी (सूचनासहित)
काठमाडौं । प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले ठूलो संख्यामा कर्मचारी पदपूर्तिका लागि आवेदन माग गरेको छ । वाग्मती प्रदेश तथा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिक र स्वास्थ्य सेवातर्फका पाँचौं तहका लागि आवेदन माग गरिएको हो । खुला तथा समावेशीतर्फ एक हजार ११३ पदपूर्ति गरिने आयोगले जनाएको छ । दरखास्त माघ २८ गतेसम्म दिने सकिनेछ । त्यसैगरी अल्पसंख्यक समुदायबाट पदपूर्ति गने गरी छुट्याइएका पदहरुको विज्ञापनको फाराम भने अल्पसंख्यक समुदाय तोकिएपछि खुलाइने पनि आयोगले जनाएको छ ।