भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना

भारतबाट रुस जाँदै गरेको रसी विमान अफगानिस्तानमा दुर्घटनामा परेको छ ।

भारतबाट रूस जाँदै गरेको जहाज अफगानिस्तानमा दुर्घटना
काठमाडौं । भारतबाट रुस जाँदै गरेको रसी विमान अफगानिस्तानमा दुर्घटनामा परेको छ । विमानमा ६ जना सवार रहेको बताइएको छ । अफगानी प्रहरीले दुर्घटनामा परेको जानकारी दिएको रोयटर्सले जनाएको छ । रसियन नागरिक उड्डयन प्राधिकरणका अनुसार चार्टर गरिएको उक्त विमान मस्कोका लागि उडेको थियो । भारतबाट उज्वेकिस्तानहुँदै मस्को जान लागेको जहाज दुर्घटनामा परेको हो । उक्त विमान एयर एम्बुलेन्स हो ।