विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्स र अर्जेन्टिना भिड्ने

फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

विश्वकप फुटबलको फाइनल खेलमा फ्रान्स र अर्जेन्टिना भिड्ने
काठमाडौं । फ्रान्स कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २-० गोल अन्तरले हराउँदै फ्रान्स उपाधि नजिक पुगेको हो । साविक विजेता फ्रान्सले आइतबार हुने फाइनल खेलमा अर्जेन्टिनासँग भिड्नेछ । मोरक्कोले भने तेस्रो स्थानका लागि शनिबार क्रोएसियासँग खेल्नेछ । अल बायत स्टेडियममा फ्रान्सलाई जित दिलाउन थियो हर्नान्डेज र राण्डल कोलो मुवानीले एक एक गोल गरे । खेलको पाँचौं मिनेटमा हर्नान्डेजले गोल गर्दै फ्रान्सलाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७९ औं मिनेटमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका मुवानीले गोल गर्दै फ्रान्सलाई २-० को जित दिलाए ।