ग्लोबल आईएमई बैंकले गर्‍यो ६ महिनामा २ अर्बभन्दा बढी नाफा

पुस मसान्तसम्म बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको हो।

ग्लोबल आईएमई बैंकले गर्‍यो ६ महिनामा २ अर्बभन्दा बढी नाफा
काठमाडौं । ग्लोबल आईएमई बैंक व्यवसाय विस्तारमा आक्रामक देखिएको छ। चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा उसले साढे ३ खर्बभन्दा बढी कर्जा लगानी गरिसकेको छ। पुस मसान्तसम्म बैंकले ४ खर्ब ५४ अर्ब २४ करोड रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँ कर्जा लगानी गरेको हो। यो अवधिमा बैंकले २ अर्ब ४ करोड २३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ। जुन गत आवको दोस्रो त्रैमासको तुलनामा २६.५७ प्रतिशत घटी हो। गत आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ७८ करोड ११ लाख ६५ हजार रुपैयाँ थियो। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी बढेको छ भने सञ्चालन आम्दानी घटेको छ। यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ३७.९९ प्रतिशतले बढेर ९ अर्ब २ करोड ८७ लाख ९० हजार रुपैयाँ पुगेको छ। यस्तै सञ्चालन नाफा २५.०८ प्रतिशत घटेर २ अर्ब ८४ करोड ३० लाख १६ हजार रुपैयाँमा झरेको छ। पुस मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १ अर्ब २७ करोड रुपैयाँ ऋणात्मक छ। ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा २० अर्ब ७३ करोड ९१ लाख रुपैयाँ छ। बैंकको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ३१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४० पैसा छ। यो अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतबाट बढेर ४.६८ प्रतिशत पुगेको छ