साढे २ अर्ब लगानीमा बुढानीलकण्ठमा खुल्यो पाँचतारे होटल

भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ले बूढानीलकण्ठ हेरिटेजको व्यवस्थापन सम्हालेको छ। लेमन ट्री प्रिमियरको नेपाल प्रवेश यो नै पहिलो हो।

साढे २ अर्ब लगानीमा बुढानीलकण्ठमा खुल्यो पाँचतारे होटल
काठमाडौं । चार वर्षअघि निर्माण भएको बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटल ‘बूढानीलकण्ठ हेरिटेज’ सञ्चालनमा आएको छ। भारतीय प्रसिद्ध ब्राण्ड ‘लेमन ट्री प्रिमियर‘ले बूढानीलकण्ठ हेरिटेजको व्यवस्थापन सम्हालेको छ। लेमन ट्री प्रिमियरको नेपाल प्रवेश यो नै पहिलो हो। होटलका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले माघ १ मा सफ्ट लन्च गरिएको जानकारी दिए । फागुन पहिलो साता ग्रान्ड ओपनिङ गर्ने तयारी थालेको होटलको लागत कुल २ अर्ब ५० करोड पुगेको छ। २ अर्ब ४० करोडसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको होटलको कोरोना र आर्थिक मन्दीका कारण १० करोड लगानी बढेको उनले बताए। काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्ने उत्तम गन्तव्यको रुपमा बूढानीलकण्ठ क्षेत्र परिरहेका बेला पाँचतारे होटल सञ्चालनमा आएको हो। साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। तीमध्ये ५७ वटा ट्विन्स रुम, ३३ वटा किङ रुम, ६ वटा जुनियर सुइट रुम, ४ वटा बिजनेस सुइट रुम र २ वटा प्रेसिडेन्टल सुइट छन्। त्यस्तै, अल डे डाइनिङ रेस्टुराँ, स्पेसियालियाटी रेस्टुरेन्ट, ३ वटा मिटिङ रुम, रुफ टप रेस्टुरेन्ट एन्ड बार, हेल्थ क्लब, २ वटा बैंक्वेट हल र क्यासिनो मुख्य गरी व्यावसायिक प्रयोजनका लागि महत्त्वपूर्ण योगदान गर्ने सुविधायुक्त र आधुनिक संरचना बनेको छ। नारायणगोपाल चोकबाट पाँच किलोमिटर दूरीमा रहेको होटलमा क्यासिनोसमेत सञ्चालन हुनेछ। क्यासिनो सञ्चालन केही महिनापछि मात्रै हुनेछ। कुन कम्पनीलाई सञ्चालन गर्न दिने भन्ने विषयमा छलफल भइरहेकाले केही महिनाभित्रै टुंगो लाग्ने सञ्चालक कार्कीले जानकारी दिए। काठमाडौं उपत्यकालाई नजिकबाट नियाल्ने उत्तम गन्तव्यको रुपमा बूढानीलकण्ठ क्षेत्र परिरहेका बेला पाँचतारे होटल सञ्चालनमा आएको हो। साढे १२ रोपनी क्षेत्रफलमा निर्माण भएको होटलमा १०२ कोठा छन्। होटलमा हेल्थ क्लब, स्वीमिङ पुल, रुफ टप गार्डेन, स्पा, योगा तथा ध्यान केन्द्र निर्माण भएका छन्। होटलमा पाहुना सेवालाई लक्षित गरेर छुट्टै सर्भिस लिफ्ट र गेस्ट लिफ्ट जडान गरिएको छ।