काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्रदेखि निर्मल निवाससम्मको क्षेत्रमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै शनिबार ४ घण्टाका लागि विद्युत अवरुद्ध हुने जनाएको हो । महाराजगञ्जको हस्पिटल फिडर र पानीपोखरी फिडरमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत अवरुद्ध हुनेछ ।
पानीपोखरी फिडरतर्फ लैनचौरस्थित २६ नम्बर वडा कार्यालयदेखि खानी विभाग, सभामुख निवास, भारतीय दूतावास तथा सांग्रिला होटललगायत क्षेत्रमा पनि विद्युत अवरुद्ध हुनेछ ।
चाँडै नै मर्मत सम्पन्न भएमा निर्धारित समयागावै विद्युत आपूर्ति हुन सक्ने पनि नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
काठमाडौंका यी क्षेत्रमा आज ४ घण्टा विद्युत अवरुद्ध हुने
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तालिम केन्द्रदेखि निर्मल निवाससम्मको क्षेत्रमा शनिबार विद्युत अवरुद्ध हुने भएको छ ।

