रमा क्षेत्री, बागलुङ । उमेर नपुग्दै बाल विवाह गरेकाे आराेपमा प्रहरीले बागलुङकाे निसीखोला गाउँपालिकाबाट एक जोडी (बेहुला-बेहुली)सहित चार जनालाई पक्राउ गरेको छ ।
गत बिहीबार बाल विवाह गरेको आरोपमा विवाह मण्डपबाट बेहुला-बेहुलीसहित चार जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक(डिएसपी) एवम् सूचना अधिकारी मदन केसीले जानकारी दिए ।
‘विवाह भइरहेको स्थानमा झगडा भएको भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो,’ डिएसपी केसीले न्यूज खरीसँग भने, ‘त्यहाँ झगडा नभइ विवाह भइरहेको रहेछ । हामीलाई बेहुला र बेहुलीको उमेरमा शंका लागेपछि उनीहरूका अभिवाकसहित चार जनालाई पक्राउ गरेका हौँ ।’
डिएसपी केसीका अनुसार पक्राउ परेका बेहुला-बेहुलीको उमेर २० वर्षभन्दा कम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत बागलुङबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।
के छ कानुनी व्यवस्था ?
मुलुकी अपराध संहिता २०७४ मा विवाह गर्ने व्यक्तिको उमेर २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन नपाउने उल्लेख छ । सोही बमोजिमको कसूर गर्ने (विवाह गर्ने र गराउने) व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना हुने उल्लेख छ । कम उमेरमा विवाह भएकाे प्रमाणित भए विवाह स्वतः बदर हुनेछ ।
निसीखोलामा बालविवाह गर्ने बेहुलाबेहुलीसहित चार जना विवाह मण्डपबाट पक्राउ
डिएसपी केसीका अनुसार पक्राउ परेका बेहुला-बेहुलीको उमेर २० वर्षभन्दा कम रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ । पक्राउ परेका उनीहरुविरुद्ध जिल्ला अदालत बागलुङबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

