काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवहरूलाई सरुवा गरेको हो ।
बैठकले काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ ।
काठमाडौँ महानगरको कार्यपालिकाको निर्णय प्रमाणीकरण र कार्यान्वयनमा भएको अनियमितताको विषयमा अधिकारीको नाम जोडिएको थियो । उनको नाम जोडिएपछि मेयर बालेन साहले उनलाई बिदामा बस्न भनेका थिए । अन्ततः अधिकारीको सरुवा आयोगमा भएको हो । युवा तथा कान्छा सहसचिव परियार परिचित छन् ।
२९ सहसचिवको सरुवा, काठमाडौं महानगरको प्रमुख प्रशासकीयमा प्रदीप परियार (सूचीसहित)
बैठकले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीलाई मधेसी आयोगमा सरुवा गर्दै राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई महानगरको प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ ।

