क्षेत्रपाटी अग्रवालको घरमा छापा : दुई हजार अमेरिकी डलरसहित तीन जना पक्राउ

क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए ।

क्षेत्रपाटी अग्रवालको घरमा छापा : दुई हजार अमेरिकी डलरसहित तीन जना पक्राउ
काठमाडौं । हुन्डी र सुन करोबारको आरोपमा दुई करोड नगदसहित तीनजना पक्राउ परेका छन् । राजस्व अनुसन्धान विभागको टोलीले हुन्डी र सुन कारोबारको आरोपमा नरेश अग्रवालसहित तीनजनालाई गएराति पक्राउ गरेको हो । क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर उनलाई नगदसहित पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिए । उनका अनुसार अग्रवाल कपडा व्यवसायी पनि हुन् । ढुंगानाका अनुसार अग्रवालको घरबाट दुई हजार अमेरिकी डलर पनि बरामद गरिएको छ ।