बागलुङ । बागलुङमा दुर्गा प्रसाई माथि हातपात भएको छ । नेपालीहरुको मुक्तिको लागि अन्तिम लडाई कार्यक्रमको लागि बागलुङ आएका प्रसाई माथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले हातपात गरेका हुन् ।
प्रसाई मञ्चबाट सडकमा जाने क्रममा गौतमले हातपातको गरेकाे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) मदन केसीले बताए । गौतमलाई पक्राउ गरिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपि केसीले बताए ।
दुर्गा प्रसाईमाथि बागलुङमा हातपात !
बागलुङमा दुर्गा प्रसाई माथि कुटपिटको प्रयास भएको छ ।

