वीरगञ्ज । प्रहरीले बाराको कलैया उप(महानगरपालिकाका मेयरलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ। मेयर विनोद साहलाई धम्की दिएको आरोपमा प्रहरीले पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नं.५ महुवन बस्ने ३६ वर्षका भोला गिरीलाई पक्राउ गरेको हो।
अज्ञात व्यक्तिले फोन गरी धम्की दिएको भनी मेयर साहले जानकारी गराएपश्चात गिरीलाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका गिरीलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान कार्य भइरहेको न्यौपानेले बताए।
कलैयाका मेयरलाई फोनबाट धम्की दिने व्यक्ति पक्राउ
प्रहरीले बाराको कलैया उप(महानगरपालिकाका मेयरलाई धम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

