प्रधानमन्त्री कप : शाहब आलमले ६ विकेट लिएपछि आर्मीले कोशीलाई गर्‍यो ८८ रनमै अलआउट

कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुदै ८८ रन बनाउन सक्यो।

प्रधानमन्त्री कप : शाहब आलमले ६ विकेट लिएपछि आर्मीले कोशीलाई गर्‍यो ८८ रनमै अलआउट
काठमाडौं । कोशी प्रदेश ८८ रनमा अल आउट भएको छ। जारी प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबविरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले २४.४ ओभरमा अल आउट हुदै ८८ रन बनाउन सक्यो। कोशीका लागि कप्तान अंकित सुबेदीले सर्बाधिक ४१ रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए। कोशीलाई कम रनमा अल औअत गर्ने क्रममा आर्मीका बलर शाहब आलमले ६ विकेट लिएका थिए। आलमले ६.४ ओभरमा ३ मेडनसहित १४ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै कुशल मल्लले २ तथा सोमपाल कामी र विवेक यादवले एक एक विकेट लिएका थिए।