काठमाडौं। टाटा मोटर्सले भारतीय बजारमा दोस्रो इलेक्ट्रिक एसयुभी ‘पन्च इभी’ सार्वजनिक गरेको छ। कम्पनीले ५ वटा भेरियन्ट (स्मार्ट, स्मार्ट प्लस, एडभेन्चर, इम्पावरेड र इम्पावरेड प्लस) मा यो गाडीलाई बजारमा ल्याएको हो।
यी गाडीमा दुईवटा ब्याट्री पावरमा लङ रेन्ज र स्ट्यान्डर्ड रेन्ज रहेका छन्। लङ रेन्जमा ७.२ किलोवाटको एसी चार्जर छ। यस्तै एडभेन्चर, इम्पावरेड र एम्पावरेड प्लसमा सनरुफ पनि उपलब्ध हुनेछ। जसका लागि ग्राहकहरुले ५० हजार भारतीय रुपैयाँ अतिरिक्त तिर्नुपर्छ।
पन्च इभीको सुरुवाती मूल्य १०.९९ लाख भारतीय रुपैयाँ तोकिएको छ। यस्तै यसको टप भेरियन्टको मूल्य भने १४.४९ लाख भारतीय रुपैयाँ रहेको छ। कम्पनीले यो महिनाको सुरुमा यो गाडीको बुकिङ खुलाएको थियो।
यो गाडीमा एलइडी लाइट बार, हेडल्याम्प सेटअप र नयाँ एलोय ह्वील्स डिजाइन रहेका छन्। यो गाडी कम्पनीले न्यू जेनेरेसन २ आर्किटेक्चरमा निर्माण गरेको छ। जसलाई ‘एक्टिभ’ भनिएको छ।
यसमा भएको २५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ३१५ किलोमिटर रेन्ज प्रदान गर्छ भने अर्को लङ रेन्जमा भएको ३५ किलोवाट आवर क्षमताको ब्याट्री प्याकले ४२१ किलोमिटर रेन्ज प्रदान गर्न सक्छ।
कम्पनीले यसमा चार्जिङ सुविधा ३.३ किलोवाट वाल बक्स चार्जर र ७.२ किलोवाट एसी फास्ट चार्जर प्रदान गरेको छ। साथै पन्च इभीले डिसी फास्ट चार्जिङ पनि सपोर्ट गर्ने कम्पनीले जनाएको छ। यसमा ५० किलोवाटको फास्ट चार्जरले १० देखि ८० प्रतिशत चार्ज गर्न ५६ मिनेटको मात्र समय लाग्छ।
लङ रेन्ज भेरियन्टमा भएको पावरले १२२ हर्सपावर र १९० एनएम टर्क उत्पादन गर्न सक्छ। जुन पावर फ्रन्ट ह्वील ड्राइभमा आधारित छ। यसलाई शून्यदेखि १०० किलोमिटर प्रतिघन्टा पुग्न ९.५ सेकेन्ड मात्र समय लाग्छ।
यस्तैं स्ट्यान्डर्ड भेरियन्टमा भएको पावरले ८२ हर्सपावर र ११४ एनएम टर्क उत्पादन गर्न सक्छ। शून्यदेखि १०० किलोमिटर प्रतिघन्टा पुग्न १३.५ सेकेन्डको समय लाग्छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएमको छ। जुन अफ रोडको लागि समेत प्रफेक्ट मानिन्छ।
यसमा इन्फोटेन्मेन्टको लागि १०.२५ इन्चको स्क्रिन उपलब्ध छ। साथै डिजिटल इन्स्ट्रुमेन्ट डिस्प्ले पनि छ। तर लोयर भेरियन्टमा भने ७ इन्चको इन्फोटेन्मेन्ट प्रदान गरिएको छ। यस्तै रिजेन लेबल कन्ट्रोल गर्न यसको स्टेरिङमा प्याडल सुविधा रहेको छ।
अन्य फिचरहरुमा ३६० डिग्री क्यामेरा, ब्लाइन्ड स्पट मनिटर, भेन्टिलेटेड सिट, वायरलेस फोन चार्जर, सनरुफ, क्याबिन एयर प्युरिफायर रहेका छन्। साथै सेफ्टी फिचरमा ६ एयरब्याग, एबीएस एण्ड ईएससी, सबै सिटमा सिट बेल्ट रहेका छन्।
टाटाको इलेक्ट्रिक 'पन्च इभी' गाडीको बुकिङ खुला, यस्ता छन् विशेषता
पन्च इभीको सुरुवाती मूल्य १०.९९ लाख भारतीय रुपैयाँ तोकिएको छ। यस्तै यसको टप भेरियन्टको मूल्य भने १४.४९ लाख भारतीय रुपैयाँ रहेको छ। कम्पनीले यो महिनाको सुरुमा यो गाडीको बुकिङ खुलाएको थियो।

