काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुसहित बुधबार भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ परेका छन्।
घरबाटो सिफारिस गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले वादेलाई सेवाग्राहीबाट १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ।
वादेको साथबाट स्रोत नखुलेको १० हजार जापानी येन, एक सय अमेरिकी डलरको नोट र ह्युन्डाईको आईटेन कार पनि बरामद भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् । साथै चालकलाई समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको घिमिरेले बताए।
बनेपाका वडाध्यक्ष १५ लाख घुससहित भक्तपुरबाट पक्राउ
काभ्रेको बनेपा नगरपालिका वडा नं ९ का वडाध्यक्ष नृपेश वादे १५ लाख रुपैयाँ घुसहित बुधबार भक्तपुरको गठ्ठाघरबाट रंगेहात पक्राउ परेका छन्।

