बागलुङ । नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना माथि भएको कुटपिटको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै बुधबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।
गत साता प्रहरीले पत्रकार रानालाई कुटपिट गरेको थियो । प्रेस स्वतन्त्रता र नागरिक अधिकारको रक्षा गर्नुपर्ने माग राखेर पत्रकारहरु धर्नामा बसेको महासंघका सहसचिव तारानाथ आचार्यले बताए । गत साता बागलुङ महोत्सवमा भएको झगडाको क्रममा प्रहरीले नागरिकमाथि कुटपिट गरेको थियो । उक्त घटनाको फोटो खिच्ने क्रममा पत्रकार रानाको मोवाइल खोसेर प्रहरीले रानालाई पनि कुटपिट गरेको थियो ।
घाइते राना धौलागिरी अस्पतालमा उपचारपछि घर फर्केका छन् । अस्पतालका अनुसार उनको हातको हड्डी चर्केको छ । घटनाको सत्यतथ्य पत्ता लगाउन जिल्ला सुरक्षा समितिले गठन गरेको छानविन समितिले म्याद सकिँदा पनि प्रतिवेदन नल्याएपछि पत्रकारले बुधबारदेखि धर्ना थालेका हुन् । तत्काल प्रतिवेदन आएर दोषीलाई कारवाही नभएमा चरणबद्ध आन्दोलन गर्ने आचार्यले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा पत्रकारको धर्ना
नेपाल पत्रकार महासंघ बागलुङका सचिव बिजय राना माथि भएको कुटपिटको घटनाको सत्यतथ्य बाहिर ल्याउन माग गर्दै बुधबार पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् ।

