काठमाडौं । रुस–युक्रेन युद्धमा परी माओवादीका एक युवा नेताले ज्यान गुमाएका छन्। लमजुङका वाईसीएल नेता साजन गुरुङले केही हप्ताअघि रुस–युक्रेन युद्धमा ज्यान गुमाएका हुन्।
लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए।
पूर्वी लमजुङको गोर्खासँग सीमा जोडिएको दुधपोखरी गाउँपालिका जनयुद्धकालदेखि नै माओवादी प्रभावित क्षेत्रका रुपमा चिनिन्थ्यो। यो क्षेत्रलाई माओवादीले आधार क्षेत्रका रुपमा प्रयोग गरेको थियो।
साजनका बुबा श्रीमान गुरुङ युद्धकालमा नै माओवादी पार्टीमा आवद्ध भएका थिए। पार्टी जिल्ला सचिव सुनारका अनुसार, श्रीमान् हाल माओवादी केन्द्रका लमजुङ जिल्ला सदस्य छन् । साजन पिता श्रीमान गुरुङका भनाई अनुसार छोरा साजन वैदेशिक रोजगारीका लागि भन्दै गत भदौ पहिलो हप्ता विदेश उडेका थिए।
‘
रुसी सेनामा भर्ती भएका माओवादी नेताको मृत्यु
लमजुङको दुधपोखरी गाउँपालिका वाईसीएलका अध्यक्ष गुरुङको रुस–युक्रेन युद्धमा मृत्यु भएको वाईसीएलका केन्द्रीय सचिव एवं माओवादी केन्द्रका जिल्ला सचिव सुनिल सुनारले जानकारी दिए।