ग्लोबल आइएमई क्यापिटलको सीइओमा मन्दिप लुइँटेल नियुक्त

ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मन्दिप लुइँटेल नियुक्त भएका छन् ।

ग्लोबल आइएमई क्यापिटलको सीइओमा मन्दिप लुइँटेल नियुक्त
काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा मन्दिप लुइँटेल नियुक्त भएका छन् । क्यापिटल सञ्चालक समितिले माघ १ गतेदेखि लागू हुने गरी उनलाई सीइओमा नियुक्ति गरेको हुन् । लुँईटेल ग्लोबल आइएमई बैंकको मर्चेन्ट बैंकिङ व्यवसाय गर्ने सहायक कम्पनी क्यापिटलका सिइओ बनेका हुन् । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ । यसअघि उनी सानिमा क्यापिटलमा इन्भेस्टमेन्ट बैकिङ प्रमुखको कार्यरत थिए ।