प्रधानमन्त्री कपमा सुजन थपलियाको शतकीय इनिङ, गरे छक्काको वर्षा

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका बायाँ हाते ब्याटर सुजन थपलियाले शतक बनाएका छन्।

प्रधानमन्त्री कपमा सुजन थपलियाको शतकीय इनिङ, गरे छक्काको वर्षा
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशका बायाँ हाते ब्याटर सुजन थपलियाले शतक बनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विभागीय टोली नेपाल पुलिस क्लबविरुद्ध सुजनले शतक प्रहार गरेका हुन्। ११९ बलको सामना गरेका उनले पाँच चौका र आठ छक्काको मद्दतमा रन बनाए। चौथो नम्बरमा ब्याटिङमा आएका उनको तीन वटा क्याच छुट्यो। एकै ओभरमा दुई बलमा कुशल भुर्तेलले गरेको बलिङमा शंकर रानाले क्याच छुटाए भने रशिद खानले गरेको बलिङमा अर्जुन साउदले क्याच छुटाउन पुगे। अर्को तर्फबाट विकेट पतन भइरहेको अवस्थामा उनी पिचमा डटेर खेलिरहे। ६४ रनमा सात विकेट गुमाएको अवस्थामा सुजनले अभ्यास तिमिल्सिनासँग राम्रो साझेदारी गरे।