काठमाडौं । मंगलबार देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, हाल बंगलादेशको दक्षिण भूभाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ
आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।
आज दिउँसो पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ । पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
यस्तै, आज राती पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ। उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आजको मौसम : यी क्षेत्रमा हिमपात र वर्षा हुने सम्भावना
आज बिहान देशको पहाडी भूभागमा आंशिक बदली रहेको छ। तराईका अधिकांश स्थानहरूमा हुस्सुरकुहिरो लागेको छ।

