काठमाडौं । काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेको छ।
सोमबार मगर समुदायको माघेसंक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।
सो कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् ।
कार्यक्रममा सहभागी हुन पुगेकाहरू टुँडिखेल प्रवेश गर्ने क्रममा अनियन्त्रित बनेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी कुमोध ढुंगेलका अनुसार भीड अनियन्त्रित हुँदा घाइते हुनेको संख्या आठ पुगेका छन्। प्रहरीले भीड नियन्त्रण गर्न लाठी चार्जसमेत गरेको थियो।
घाइतेहरूलाई राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ। घाइतेको अवस्था सामान्य नै रहेको एसपी ढुंगेलले बताए।
टुँडिखेलमा भीड अनियन्त्रित : घाइते हुनेको संख्या ८ पुग्यो
सोमबार मगर समुदायको माघेसंक्राति र थारू समुदायको माघी मनाउन टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको थियो।

