बागलुङ । बागलुङको निसीखोला गाउँपालिकाले माघे संक्रान्तिको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।
कार्यपालिकाको निर्णय अनुसार माघ २ र ३ गते स्थानीय पर्वको रूपमा सार्वजनिक बिदा दिइएको निमित्त प्रमुख प्रशासकीय अधिकृत दिलिप चन्दले जानकारी दिए ।
'माघे संक्रान्तिकै निरन्तरताकै क्रममा २ दिन पालिकाभित्रका सरकारी संघ संस्थाहरूमा सार्बजनिक बिदा दिइएकाे छ,' उनले भने ।



