काठमाडौं । चौधरी ग्रुप (सीजी)ले आर्थिक वर्ष २०७९ /०८० मा सरकारलाई १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको छ।
‘यो सरकारको कुल राजस्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजस्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको हाम्रो अनुमान छ’, ग्रुपले भनेको छ।
आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको समयमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको जनाएको छ। अर्थतन्त्रमा आएको संकुचनका कारण सरकारले लक्ष्यअनुसार राजस्व संकलन गर्न सकिरहेको छैन।
‘राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८र०७९ को तुलनामा चौधरी ग्रुपको राजस्व योगदानमा केही कही आएको छ’, ग्रुपले भनेको छ, ‘उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रूपैयाँ कर तिरेको थियो।’
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले भने, ‘देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजस्व संकुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको छ। राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा हामीलाई सन्तोष लागेको छ।’
उनले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेको बताउँदै त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्ने ग्रुपको विश्वास रहेको बताए।
अध्यक्ष चौधरीले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजस्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजस्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा पनि जोड दिए। गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ।
गत वर्ष चौधरी ग्रुपले १६ अर्ब १४ करोड कर तिर्याे, कुल राजश्वमा १.८७ प्रतिशत याेगदान
उनले नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेको बताउँदै त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्ने ग्रुपको विश्वास रहेको बताए।

