सुनचाँदीको मूल्य आज पनि बढ्यो

शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि भाउ बढेको छ ।

सुनचाँदीको मूल्य आज पनि बढ्यो
काठमाडौं । सुनको मूल्य आज पनि तोलामा ६ सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख १९ हजार २ सय रुपैयाँ तोकिएको छ । शुक्रवार सुनको भाउ तोलाको एक लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको पनि भाउ बढेको छ । शुक्रवार तोलाको एक हजार ४ सय रुपैयाँमा कारोबार भएको चाँदीको भाउ आज २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।